Khaptad Organic Nepal

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय निजी क्षेत्रलाई नेपालका विभिन्न उत्पादनमूलक तथा पूर्वाधार क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा दुईदिने भारत भ्रमणमा रहेका वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताजमा आयोजित नेपाल–भारत व्यापारिक छलफलमा यस्तो प्रस्ताव राखेका हुन् । भारतीय उद्योग परिसंघले आयोजना गरेको उक्त कार्यक्रममा उनले विशेष गरी सूचना प्रविधि, जलविद्युत् र यातायातलगायत पूर्वाधार सम्पर्कका क्षेत्रमा नयाँ लगानी भित्र्याउन जोड दिए । साथै, नेपालमा हाल कार्यरत भारतीय कम्पनीहरूलाई समेत आफ्नो व्यवसाय विस्तार गर्न उनले अनुरोध गरे ।

नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण र प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले ढुक्क भएर लगानी गर्न व्यवसायीहरूलाई आश्वस्त पारे । लगानीको सुरक्षा, उचित प्रतिफलको सुनिश्चितता र आर्जित नाफा फिर्ता लैजाने प्रक्रियालाई सहज बनाउन सरकारले कानुनी तथा नीतिगत सुधार गरिरहेको उनको भनाइ थियो ।

उक्त छलफलमा प्रधानमन्त्री शाहको भ्रमण टोलीमा आबद्ध नेपाली उद्यमीहरूका साथै डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी, व्यवसायी तथा प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।