Khaptad Organic Nepal

काठमाडौँ । सुन्धारास्थित एक अतिथिगृहमा बसोबास गरिरहेका राउटे समुदायका सदस्यहरूसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले भेटवार्ता गरेकी छन् ।

भ्रमणको सिलसिलामा संघीय राजधानी आइपुगेका राउटे नागरिकको अवस्था बुझ्न मन्त्री बादी उनीहरू बसेकै स्थानमा पुगेकी हुन् ।

भेटका क्रममा मन्त्री बादीले राउटे समुदायको मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै सुरक्षित आवास, स्वास्थ्य उपचार, शिक्षा र समग्र जीवनस्तर सुधारका विषयमा संवाद गरेकी थिइन् । सोही अवसरमा उनले राउटे समुदायका सदस्यहरूलाई साडी, पोते र जुत्तालगायतका सामग्रीसमेत हस्तान्तरण गरिन् ।

छलफलमा राउटे समुदायका प्रतिनिधिहरूले फिरन्ते जीवनशैली र निरन्तरको बसाइँसराइका कारण सुरक्षित बासस्थान, पोषणयुक्त खानपान, स्वास्थ्य र शिक्षामा कठिनाइ भइरहेको गुनासो राखेका थिए । साथै, उनीहरूले बस्तीको सुरक्षा प्रबन्ध मिलाउन, बालबालिका तथा युवाका लागि खेलकुद सामग्री उपलब्ध गराउन र विभिन्न स्थानको अवलोकन भ्रमणको व्यवस्था गरिदिन मन्त्रीसमक्ष माग गरेका छन् ।

जवाफमा मन्त्री बादीले राउटे समुदायको विशिष्ट पहिचान र परम्परागत संस्कृतिको संरक्षण गर्दै उनीहरूकै चाहनाबमोजिम शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र जीविकोपार्जनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । समुदायको स्वतन्त्र इच्छा र सहमतिविपरीत कुनै कार्यक्रम नलादिने स्पष्ट पार्दै उनले राउटे समुदायले परम्परागत सीप प्रयोग गरी बनाएका सामग्रीको बजारीकरणमा जोड दिनुपर्ने बताइन् ।

भेटको अन्त्यमा मन्त्री बादीले राउटे समुदायका सदस्यहरूलाई मन्त्रालय भ्रमणको निम्तो दिएकी थिइन्, जसलाई स्वीकार गर्दै उनीहरूले मन्त्रालय जाने सहमति जनाएका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।