Khaptad Organic Nepal

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता थालेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई देशका सरकार प्रमुखबीच सुरु भएको करिब एक घण्टा लामो एकल भेटवार्तालगत्तै द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यतालिका तय गरिएको छ । उक्त द्विपक्षीय वार्तापछि नेपाल र भारतबीच विभिन्न महत्त्वपूर्ण सम्झौता तथा समझदारीपत्रहरूमा हस्ताक्षर गरिनेछ ।

प्रधानमन्त्री शाहले भारतसँगको द्विपक्षीय सम्बन्धलाई ठूला पूर्वाधार विकास, जलविद्युत् क्षेत्रमा लगानी, अन्तर्राष्ट्रिय हवाई मार्ग, व्यापार विस्तार तथा प्रविधिको माध्यमबाट सुदृढ बनाउने आर्थिक एजेन्डा अगाडि सारेका छन् । विशेषगरी अन्तरदेशीय कनेक्टिभिटी, ऊर्जा सहकार्य, हवाई रुट, क्रिकेट विकास र स्टार्टअप प्रवर्द्धनलाई नेपालले प्रमुख प्राथमिकतामा राखेको छ ।

भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित सम्पन्न भइसकेका परियोजनाहरूको संयुक्त रूपमा उद्घाटन गर्ने र नयाँ आयोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद तथा मानव संशाधन विकासका क्षेत्रमा सहकार्य गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने बताइएको छ ।

औपचारिक वार्ता र सम्झौतापछि प्रधानमन्त्री शाह भारतीय समकक्षी मोदीले आयोजना गरेको दिवा भोजमा सरिक हुनेछन् । दिवा भोजपश्चात् उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । यसअघि आजै बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति निवासमा प्रधानमन्त्री शाहको सम्मानमा ‘गार्ड अफ अनर’ अर्पण गरिएको थियो । औपचारिक कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री शाह आजै साँझ स्वदेश फर्किनेछन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।