काठमाडौँ । नयाँ दिल्लीको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्षको उपहार हस्तान्तरण गरेका छन् ।
आज दिल्लीमा सम्पन्न उच्चस्तरीय भेटवार्ताका अवसरमा प्रधानमन्त्री शाहले कलात्मक काठको बाकसभित्र सजाइएको रुद्राक्ष मोदीलाई प्रदान गरेका हुन् । उक्त भेटघाटमा दुवै देशका कार्यकारी प्रमुखबीच आपसी सद्भावस्वरूप उपहार आदानप्रदान भएको थियो ।

