Khaptad Organic Nepal

काठमाडौँ । उपत्यकामा ट्राफिक नियम मिच्ने चालकहरूमाथि प्रहरीले निगरानी बढाएसँगै ठूलो संख्यामा कारबाही परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १ हजार ९९४ जना सवारीचालकलाई विभिन्न नियम उल्लङ्घन गरेको कसुरमा कारबाही गरिएको हो । यसरी गरिएको कारबाहीबाट राज्यकोषमा कुल ५ लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै अन्य विविध ट्राफिक नियम पालना नगर्ने ९६२ जना रहेका छन् । यसैगरी लेन अनुशासन पालना नगर्ने १५८ जना, ट्राफिक संकेत बत्ती (ट्राफिक लाइट) उल्लङ्घन गर्ने १४९ जना र नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १४२ जना चालक पनि कारबाहीको दायरामा आएका छन् । निषेधित क्षेत्रमा हर्न बजाउने १३० जना, सडक पेटी (फुटपाथ) मा सवारीसाधन ‘पार्किङ’ गर्ने १२८ जना र मादकपदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १२७ जनालाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको हो । तीव्र गतिमा सवारीसाधन हुइँक्याउने १०३ जना र एकतर्फी (वान वे) सडकमा सवारी चलाउने ९५ जना चालकमाथि पनि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।