Khaptad Organic Nepal

काठमाडौँ । इरानी सेनाले आफ्नो देशको आकाशमा अनुमतिबिना उडेको अमेरिकी ड्रोनलाई सफलतापूर्वक खसालेको दाबी गरेको छ ।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार इरानी रिभोल्युसनरी गार्ड क्रोप्सको निगरानी टोलीले अमेरिकी सेनासँग सम्बन्धित उक्त मानवरहित विमानलाई तत्काल पत्ता लगाएको थियो । विमानले देशको सीमा उल्लंघन गर्दै शत्रुतापूर्ण उद्देश्य राखेको ठहर गर्दै सेनाले अत्याधुनिक क्षेप्यास्त्र प्रणाली प्रयोग गरी त्यसलाई खसालेको बताएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौताका लागि हतार नगर्ने स्पष्ट पारेका छन् । फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले अमेरिकाले आफ्ना सर्तहरू बिस्तारै लागू गराउन सफल भइरहेको दाबी गरे ।

राष्ट्रपति ट्रम्पले इरानसँग उत्कृष्ट सम्झौता हुने विश्वास व्यक्त गर्दै त्यसो हुन नसके सैन्य कदम चाल्ने चेतावनी समेत दिएका छन् । साथै, इरानले आणविक हतियार नबनाउने र नकिन्ने विषयमा प्रतिबद्धता जनाइसकेको समेत उनले उल्लेख गरे ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।