Khaptad Organic Nepal

बर्दिया । नेपाल-भारत सीमा नाका नजिकैबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरी ल्याइएका गैरकानूनी मोबाइल फोनहरू बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती टोलीले बढैयाताल गाउँपालिका–२ अन्तर्गत पर्ने फुटाहा चोकबाट ती सामग्रीहरू नियन्त्रणमा लिएको हो । साइकलमा ६ वटा बोरा राखेर आउँदै गरेका व्यक्तिहरूले सुरक्षाकर्मीलाई देख्नासाथ सामान छाडेर फरार भएपछि प्रहरीले उक्त बोराहरू खोतलेको थियो ।

सुरक्षा निकायका अनुसार बरामद गरिएका बोराहरूभित्र विभिन्न ब्रान्डका मोबाइल सेटहरू फेला परेका छन् । जसमा लाभा कम्पनीका ९७२ थान किप्याड मोबाइल रहेको र त्यसको बजार मूल्य झन्डै २२ लाख ६७ हजार २८ रुपैयाँ बराबर कायम गरिएको छ ।

नियन्त्रणमा लिइएका सम्पूर्ण मोबाइलहरूलाई आवश्यक कानूनी प्रक्रिया र कारबाहीका लागि गुलरियास्थित राजापुर भन्सार कार्यालयमा बुझाइएको छ । फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।