Khaptad Organic Nepal

काठमाडौँ । नदीकिनारका सुकुम्बासी बस्तीबाट विस्थापित भई हाल होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकहरूले सरकारले वैकल्पिक व्यवस्था नगरेको भन्दै आन्दोलन सुरु गरेका छन् ।

उचित पुनःस्थापनाको ग्यारेन्टी बिना नै सेन्टर खाली गर्न ताकेता गरिएको भन्दै सुकुम्बासीहरूले शुक्रवार काठमाडौँको माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाइमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले आफूहरूको उठिबास लगाउन लागिएको भन्दै आक्रोश व्यक्त गरे । गत वैशाख महिनामा काठमाडौँ उपत्यकाभित्रका नदीकिनारमा रहेका सुकुम्बासी बस्तीहरू हटाइएका थिए । त्यसबेला विस्थापित भएका परिवारहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो ।

यसैबीच, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार नै एक सूचना जारी गर्दै सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर छाड्नका लागि आगामी असार १९ गतेसम्मको अन्तिम समयसीमा थप गरेको छ । तर, आन्दोलनकारीहरूले भने सरकारले स्थायी वा सुरक्षित विकल्प नदिएसम्म उक्त स्थानबाट नसर्ने अडान लिएका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।