Khaptad Organic Nepal

काठमाडौँ । टर्कीको अन्ताल्यामा सञ्चालन हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

अन्ताल्या शहरमा नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यसूची छ । यसका साथै नोभेम्बर ११ र १२ मा हुने राष्ट्र तथा सरकार प्रमुखहरूको उच्चस्तरीय शिखर सम्मेलनमा पनि उनी सहभागी हुनेछन् ।

भ्रमणका क्रममा मन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानद्वारा संयुक्त रूपमा आयोजना गरिने ‘पर्वतीय कार्यसूचीको प्रवर्द्धन : हिमनदी, हिमक्षेत्र र जलवायु उत्थानशीलता’ विषयक विशेष अन्तरक्रियामा सहभागिता जनाउनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनका क्रममा आयोजना हुने विभिन्न उप-कार्यक्रमहरूमा सहभागी हुनुका साथै उनले विभिन्न मुलुकका Foreign Minister तथा कूटनीतिक प्रतिनिधिहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्य, कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र लगायत उच्चपदस्थ सरकारी अधिकारीहरूको सहभागिता रहेको छ । परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।