Khaptad Organic Nepal

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको ६ वर्ष पुरानो निर्णय उल्टिएसँगै अब मुलुकका ठूला मेडिकल कलेजहरूले पीसीएल नर्सिङ (स्टाफ नर्स) को पठनपाठन पुनः सुरु गर्न पाउने भएका छन् ।

चिकित्सा शिक्षा ऐनविपरीत भन्दै आयोगले लगाएको रोकलाई अदालतको आदेशपछि फुकाइएसँगै यो बाटो खुलेको हो ।

यसअघि आयोगले २०७७ साउन ३० गते एउटा शिक्षण संस्थाले नर्सिङ विधाका माथिल्ला तह (बीएन, बीएस्सी वा एमएन) मध्ये कुनै एक मात्र कार्यक्रम चलाउन पाउने नीतिगत निर्णय गरेको थियो । सोही निर्णयका कारण देशभरका अधिकांश ठूला मेडिकल कलेजमा पीसीएल नर्सिङको भर्ना प्रक्रिया ठप्प बनेको थियो ।

आयोगको उक्त कदम प्रचलित कानुनविपरीत भएको दाबी गर्दै उच्च अदालतमा रिट दायर गरिएको थियो । अदालतले गत वर्ष नै पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न कुनै कानुनी बाधा नहुने फैसला सुनाएको थियो । अदालतको उक्त फैसला कार्यान्वयनमा आउन ढिलाइ भएपछि आयोगका पूर्व सदस्य डा. पदम खड्काले सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयमा गुहार मागेका थिए । निर्देशनालयको कडा निर्देशनपछि अन्ततः आयोग आफ्नो पूर्वनिर्णयबाट पछि हट्न बाध्य भएको हो ।

नयाँ परिस्थितिअनुसार अब १०० वा सोभन्दा बढी शय्या क्षमता भएका सबै शिक्षण अस्पताल तथा मेडिकल कलेजहरूले पीसीएल स्टाफ नर्ससँगै बीएन र बीएस्सी नर्सिङ कार्यक्रमहरू एकैसाथ सञ्चालन गर्न सक्नेछन् । यो परिवर्तनले नर्सिङ शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि थप अवसर सिर्जना गर्ने र देशमा दक्ष स्वास्थ्य जनशक्तिको अभावलाई कम गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।