Khaptad Organic Nepal

काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय चुलिएको गतिरोध सुल्झाउने गरी कतारको राजधानी दोहामा उच्चस्तरीय छलफल हुने भएको छ ।

दुवै मुलुकका प्रतिनिधिमण्डलबीच आगामी मंगलबार आयोजना हुने उक्त वार्तामा विशेष गरी होर्मुज जलडमरूमध्यलाई लिएर सिर्जित तनाव कम गर्ने विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ । प्राप्त जानकारी अनुसार वार्ताको पूर्वसन्ध्यामा दुवै पक्षले आ-आफ्ना सैन्य गतिविधि तथा सम्भावित आक्रमणहरू रोक्न मन्जुरी जनाएका छन् । अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजहरूको आवागमनलाई सुरक्षित र निर्बाध बनाउने उद्देश्यका साथ दुवै देश लचक देखिएका हुन् ।

यद्यपि, विगत ११ दिन अघि मात्र युद्धविराम भएकाले यो प्रारम्भिक सहमति अझै पनि निकै संवेदनशील र अस्थिर अवस्थामा रहेको विश्लेषण गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताका सर्तहरू उल्लंघन गरेमा तत्काल पुनः सैन्य कदम चाल्ने चेतावनी दिइसकेका छन् । यस्तो जटिल परिस्थितिका बाबजुद पनि संवादको ढोका खुला राख्दै प्राविधिक तहको वार्तालाई निरन्तरता दिन दुवै पक्ष मन्जुर भएका छन् ।

यसैक्रममा, वाल स्ट्रिट जर्नलले प्रकाशन गरेको एक प्रतिवेदन अनुसार इरानी विदेशमन्त्री अब्बास अराघचीले प्रारम्भिक शान्ति सम्झौताका आधारमा होर्मुज जलडमरूमध्यको यातायात व्यवस्थापन गर्ने विशेष अधिकार इरानसँग सुरक्षित रहेको दाबी प्रस्तुत गरेका छन् । उक्त दाबीलाई खण्डन गर्दै अमेरिकी पक्षले सम्झौतामा इरानलाई त्यस्तो कुनै नियन्त्रणको अधिकार नदिइएको स्पष्ट पारेको छ । अमेरिकाले सो क्षेत्रलाई अन्तर्राष्ट्रिय जलमार्गका रूपमा लिँदै जहाजहरूको स्वतन्त्र आउजाउ सुनिश्चित हुनुपर्ने अडान दोहोर्‍याएको छ ।

केही समयअघि इरानले ओमानको तट नजिकैबाट यात्रा गरिरहेको एक जहाजमाथि आक्रमण गरेपछि यो क्षेत्रीय विवादले उग्र रूप लिएको थियो । इरानले सो क्षेत्रका जहाजहरू आफ्नो तटीय मार्ग भएर मात्र जानुपर्ने तर्क अघि सार्दै आएको छ । गत जुन महिनामा राष्ट्रपति ट्रम्पद्वारा हस्ताक्षरित सम्झौतामा होर्मुज जलडमरूमध्यलाई खुला राख्ने जिम्मेवारी इरानको हुने उल्लेख छ । साथै, व्यापारिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्न इरानले अधिकतम प्रयास गर्ने र आगामी दिनमा समुद्री व्यवस्थापन एवं सेवा सञ्चालनका विषयहरू क्षेत्रका अन्य राष्ट्रहरूसँगको सहकार्यमा टुंगो लगाइने सम्झौतामा समेटिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।