काठमाडौँ । संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज सोमबार बस्दैछ ।
संसद सचिवालयका अनुसार आज अपराह्न १२: १५ बजे बैठक आह्वान गरिएको छ ।
उक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने मुख्य कार्यसूची तय भएको छ ।
अर्थमन्त्री वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) को कानुनी व्यवस्था अनुसार उक्त विधेयक पेश गर्न लाग्नुभएको हो । बैठकमा बजेट आश्रित अन्य विषय र सदनको नियमित कार्यसूचीमाथि पनि छलफल हुने सचिवालयले जनाएको छ ।

