काठमाडौँ । काठमाडौँको बुद्धनगरमा शनिबार बिहान एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।
बुद्धनगरमा डेरा गरी बस्दै आएका ४५ वर्षीय अश्विन राउतले बिहान करिब ६ बजेतिर भान्सा कोठामा आगो लगाएको प्रहरीले जनाएको छ । घटना लगतै फेला परेका राउतलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
प्रहरीले यस घटनाको कारणबारे आवश्यक अनुसन्धान सुरु गरिसकेको जानकारी दिएको छ । केही दिन यता आत्मदाहका घटना लगातार बाहिरिएका छन् ।
यसअघि बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने शुक्रबार नै सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डललाई उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर उपचार भइरहेको छ ।

