Khaptad Organic Nepal

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा जोडिएका पूर्वसञ्चारमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले अदालतबाट उन्मुक्ति पाएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार बस्नेतलाई निर्दोष ठहर गर्दै सफाइ दिने निर्णय गरेको हो । नीतिगत निर्णय भइसकेपछिका कुनै पनि खरिद प्रक्रियामा पूर्वमन्त्री बस्नेतको संलग्नता नदेखिएको अदालतको निष्कर्ष छ । साथै, यो खरिद कार्यबाट उनले व्यक्तिगत रूपमा फाइदा लिएको भन्ने कुरा प्रमाणित गर्ने कुनै ठोस प्रमाण सरकारी पक्षले अदालतमा पेस गर्न नसकेको फैसलामा उल्लेख छ ।

यही प्रकरणमा तानिएका अन्य उच्च पदाधिकारीहरू भने अदालतबाट दोषी प्रमाणित भएका छन् । विशेष अदालतले प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, पूर्वसञ्चार सचिव धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई भ्रष्टाचारी ठहर गरेको हो ।

कसुरदार ठहरिएका झा, ज्ञवाली र उप्रेती जनही छ महिना कैद सजाय भोग्नुपर्ने भएको छ भने उनीहरूलाई पचास हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।