Khaptad Organic Nepal

काठमाडौँ । देशका विभिन्न ठाउँमा लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोले कर्णालीसहित पाँचवटा प्रमुख राजमार्गको यातायात सेवा पूर्ण रूपमा ठप्प पारेको छ ।

कालिकोटको गगन खोलामा गए राति खसेको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको हो । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार यतिबेला गगन खोलाको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास निरन्तर भइरहेको छ । कार्यालयले वर्षात्को समयमा यात्रा गर्दा उच्च सावधानी अपनाउन र विशेषगरी रातिको समयमा यात्रा नगर्न सर्वसाधारणका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

यसैगरी, मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुपालीमा पहिरो जाँदा सडक खण्ड पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । यता बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा भने भीषण वर्षाका कारण आउन सक्ने बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

पहिरोकै कारण मकवानपुरको भीमफेदी गाउँपालिका–५ भर्‍याडाँडामा कान्तिलोकपथ सडक खण्ड पनि पूर्ण रूपमा ठप्प बनेको छ । बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा खसेको पहिरोले कालीगण्डकी करिडोरको यातायात सेवा पनि पूर्ण रूपमा रोकेको छ । यसैगरी, जुम्लाको तिला गाउँपालिका–३ त्रिवेणीदेखि तातोपानी गाउँपालिका–७ ताम्ती जोड्ने सडक खण्ड पनि पहिरोले अवरुद्ध पारेको छ । सडकको अवस्था बिग्रिएकाले यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सम्बन्धित सडक खण्डको वस्तुस्थिति बुझ्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।