Khaptad Organic Nepal

काठमाडौँ । महिला उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धिका लागि सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री वालेन्द्र शाहले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीहरूसँग भएको विशेष भेटघाटका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूका समस्या समाधान गर्न सरकार सधैँ सक्रिय रहने स्पष्ट पार्दै उनीहरूद्वारा उत्पादित सामग्रीहरूलाई पर्यटकीय क्षेत्रहरूमा बजारीकरण र प्रवद्र्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिए ।

छलफलका क्रममा महासङ्घका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण निर्माण गर्न, स्वदेशी उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउन विशेष कार्यक्रमहरू सञ्चालन गर्न तथा विभिन्न व्यापार मेला, प्रदर्शनी र निर्यात प्रवद्र्धनका कार्यक्रमहरूमा अनिवार्य सहभागिता गराउन माग गरे । महासङ्घले विकास गरेको ‘म उद्यमी ट्रेडमार्क’लाई बजारमा स्थापित गराउन गरिएको आग्रहप्रति सकारात्मक हुँदै प्रधानमन्त्री शाहले उक्त ट्रेडमार्कलाई छिट्टै बजारमा ल्याउन सुझाव दिए ।

यसैगरी महासङ्घका प्रतिनिधिहरूले वार्षिक रूपमा आयोजना हुने अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्य हुनुपर्ने माग राखे । सार्वजनिक खरिद ऐन तथा नियमावली परिमार्जन गरी महिला उद्यमीहरूलाई खरिद प्रक्रियामा प्राथमिकता दिनुपर्ने र सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूले महिला उद्यमीका वस्तु र सेवा खरिद गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरे ।

वित्तीय पहुँचको विषय उठाउँदै उद्यमीहरूले हाल पाइने वित्तीय सहुलियत वास्तविक उद्योगीसम्म पुग्न नसकेको गुनासो गरे । उनीहरूले यो सुविधालाई गाउँ-गाउँसम्म पुर्‍याउन, धितोको वैकल्पिक व्यवस्था गरी पुँजी अभावमा उद्यम रोकिने अवस्थाको अन्त्य गर्न माग गरे । नीति निर्माण तहमा महासङ्घलाई सहभागी गराउन माग गर्दै उद्यमीहरूले स्थानीय तहमा सञ्चालन हुने सीपमूलक तालिमका लागि दक्ष स्रोत व्यक्ति उपलब्ध गराउन महासङ्घ तयार रहेको प्रतिबद्धता जनाए ।

प्रधानमन्त्रीले समस्याहरू गम्भीरतापूर्वक सुनेर तत्काल समाधानका लागि अग्रसरता देखाएपछि महासङ्घका पदाधिकारीहरूले आभार प्रकट गरे । महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले भनिन्, “प्रधानमन्त्रीले हाम्रा कुरा सुन्नु मात्र भएन, समस्या समाधानका लागि तत्काल पहल अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँको यो सक्रियताले महिला उद्यमशीलताको क्षेत्रमा सकारात्मक परिवर्तन आउने विश्वास हामीले लिएका छौँ ।”

छलफलमा महिला उद्यमशीलताको प्रवद्र्धन, लगानी, वित्तीय पहुँच, नीतिगत सुधार, सीप विकास तथा डिजिटल उद्यमशीलताका विषयमा गहन छलफल भएको थियो । बैठकमा महासङ्घका प्रथम उपाध्यक्ष सुनिता वैद्य, महासचिव सविता सुवेदी, तृतीय उपाध्यक्ष डिकीला लामा, र उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ लगायतको सहभागिता थियो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।