काठमाडौँ । संघीय संसद अन्तर्गत माथिल्लो सदनका तीन वटा विषयगत समितिहरूले आज आफ्ना एजेन्डामाथि छलफल गर्दैछन् ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २:१५ बजे तय गरिएको छ, जहाँ ऐन कार्यान्वयनको अवस्था र विधायिकी अन्तरसम्बन्धका विषयमा विस्तृत कुराकानी हुनेछ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले मधेश र बागमती प्रदेशका विभिन्न जिल्लामा पुगेर गरिएको अनुगमनको समीक्षा गर्नेछ । उक्त बैठक दिउँसो १ बजे बस्नेछ ।
यसै गरी, बिहान ११:३० बजे बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन’ प्रतिवेदनमाथि सदस्यहरूबीच छलफल हुनेछ ।

