काठमाडौँ । मनसुनी वर्षासँगै खसेको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ ।
धादिङको बेनीघाटस्थित जवाङ खोला नजिकै र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने फिसलिङमा गेग्रानसहितको ठूलो पहिरो खस्दा सवारी साधनको आवतजावत ठप्प भएको हो ।
सडकमा थुप्रिएको पहिरो हटाएर यातायात सुचारु गराउन प्रहरी तथा प्राविधिक टोली निरन्तर खटिरहेका छन् ।
जोखिमयुक्त मौसमका कारण अप्रिय घटना नहोस् भनी धादिङ र चितवन जिल्ला प्रशासनले गएराति १० बजेदेखि आज बिहान ५ बजेसम्म यस खण्डमा रातकालीन सवारी सञ्चालनमा समेत प्रतिबन्ध लगाएका थिए ।

