Khaptad Organic Nepal

रौतहट । गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध दुई करोड ५७ लाख ६२ हजार रुपियाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा समनपुर नाकाबाट बालुवा, गिट्टी र ग्राभेल उत्खनन्, सङ्कलन तथा बिक्री वितरणको आय ठेक्कामा राजस्व रकम हिनामिना गरेको ठहर गर्दै आयोगले मङ्गलबार आरोपपत्र दायर गरेको हो ।

मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय र भाग्यमणी कनस्ट्रक्सन कम्पनी प्रा.लि.का मुख्य व्यक्ति राधेश्याम साह रहेका छन् । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूमाथि राजस्व चुहावट गरी सरकारी सम्पत्ति नोक्सान पुर्‍याएको अभियोग लागेको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) अनुसारको कसुरमा बिगो रकम दुई करोड ५७ लाख ६२ हजार रुपियाँ कायम गरेको छ । उक्त बिगो बमोजिम कैद सजाय र बिगोको दोब्बर जरिवाना रकम असुलउपर गर्न मागदाबी गर्दै काठमाडौँस्थित विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।