Khaptad Organic Nepal

झापा । सरकारी अड्डाहरूले दिने सेवाको गुणस्तर नाप्न अब कागजपत्र मात्र हेरेर नपुग्ने भन्दै गृहमन्त्री सुधन गुरुङले सिधै नागरिकसँग प्रतिक्रिया लिन थाल्नुभएको छ ।

सोमबार साँझ झापाको भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षणका क्रममा उहाँले यस्तो शैली अपनाउनुभएको हो । कार्यालय समय सकिएपछि त्यहाँ पुग्नुभएका गृहमन्त्रीले कर्मचारीसँग सरकारी प्रतिवेदन माग्नुको साटो प्रशासनको ढड्डामा रहेका सेवाग्राहीका फोन नम्बरमा आफैं कल गर्नुभयो ।

उहाँले नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाएर फर्किएका सर्वसाधारणलाई फोन गरेर कार्यालयको ढिलासुस्ती र कर्मचारीको व्यवहारबारे सोधपुछ गर्नुभएको थियो । सेवा लिन कति समय लाग्यो र कसैले दुःख दियो कि दिएन भनी उहाँले बुझ्नुभयो । सेवाग्राहीका कुरा सुनेपछि गृहमन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहितका कर्मचारीलाई बोलाएर कामलाई अझै छिटो, पारदर्शी र झन्झटमुक्त बनाउन कडा निर्देशन दिनुभयो । जनताको काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य नहुने उहाँको भनाइ थियो ।

सोही क्रममा गृहमन्त्री गुरुङले भद्रपुरमा रहेको झापा जिल्ला कारागारको समेत निरीक्षण गरी त्यहाँको अवस्थाबारे जानकारी लिनुभयो । आइतबार साँझ झापा आउनुभएका उहाँ सीमा नाकाको सुरक्षा व्यवस्था कडा पार्न, तस्करी रोक्न, भन्सार प्रशासन सुधार्न र भ्रष्टाचारमुक्त सेवा दिन निर्देशन दिँदै मङ्गलबार बिहान चन्द्रगढी विमानस्थलबाट काठमाडौँ फर्कनुभएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।