Khaptad Organic Nepal

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाका तीनवटा विषयगत समितिका बैठकहरू आज एकैदिन बस्दैछन् ।

संसद् सचिवालयका अनुसार सोमबार बिहानदेखि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो ।

बिहान ९ बजे तय भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची छ । उक्त छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र सचिवलाई समेत आमन्त्रण गरिएको छ ।

यस्तै, बिहान ९ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकले समितिको आन्तरिक कार्यविधि पारित गर्ने तयारी गरेको छ । सोही बैठकमा बेरुजु फर्स्योटका विषयमा छलफल गर्न एउटा उपसमिति गठन गर्ने प्रस्तावमाथि पनि छलफल हुनेछ ।

यसैगरी, बिहान साढे ९ बजेका लागि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रीको हालै भएका भारत र चीन भ्रमणका विषयमा छलफल हुनेछ । बैठकमा परराष्ट्र मन्त्रीले आफ्ना वैदेशिक भ्रमण र अन्य समसामयिक कूटनीतिक मामिलाका बारेमा समितिलाई जानकारी गराउने कार्यसूची रहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।