कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुँदैछ ।
बजेट प्रस्तुत भएपछि सत्तापक्षका दलहरूबीच नै असमझदारी बढेका कारण लामो समयसम्म संसद् चल्न सकेको थिएन । आन्तरिक विवादका कारण रोकिएको प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार आजको बैठकमा चालू आर्थिक वर्षको बजेट तथा बजेटसँग आश्रित विनियोजन विधेयकहरू टेबल गर्ने मुख्य कार्यसूची तय गरिएको छ । यसका साथै बैठकमा महालेखापरीक्षकको कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगका वार्षिक प्रतिवेदनहरू समेत प्रस्तुत गर्ने तयारी छ ।
सत्तासाझेदार दलहरूबीच बजेटका विषयमा कुरा नमिल्दा असार १ गतेयता संसद्को अन्य प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

