Khaptad Organic Nepal

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रतिवेदनहरू पेस गर्ने , नयाँ विधेयकहरू प्रस्तुत गर्ने तथा अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल र अनुमोदनको प्रस्ताव अघि बढाउने सम्भावित कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले तीनवटा वार्षिक प्रतिवेदनहरू टेबल गर्ने कार्यक्रम छ । जसमा न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनका साथै लोक सेवा आयोगको छैसट्ठीऔँ वार्षिक प्रतिवेदन रहेका छन् ।

यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई सदनमा प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक पेस गर्ने कार्यसूची तय भएको छ । सरकारले केही पुराना कानुन परिमार्जन र खारेज गर्ने तयारीस्वरूप यो विधेयक ल्याउन लागेको हो ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्री गौतमले नै ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यसका साथै, आजको बैठकमा दुईवटा अन्तर्राष्ट्रिय श्रम महासन्धिहरूमाथि पनि छलफल र अनुमोदनको प्रक्रिया अघि बढाइँदैछ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ र श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) माथि सामान्य छलफल गरियोस् र त्यसलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।