Khaptad Organic Nepal

काठमाडौँ । नेपाल बाल संगठनमा रहेका २० जना बालबालिकालाई सरकारले सुरक्षित स्थानमा सारेको छ ।

बालगृहभित्रको अवस्था निकै दयनीय र जोखिमपूर्ण रहेको भिडियो सामग्री र उजुरी फेला परेपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले उनीहरूको उद्धार गरेको हो । मन्त्रालय र बाल हेल्पलाइन (१०४) को संयुक्त टोलीले सो बालगृहमा पुगेर आकस्मिक अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा बालगृहभित्र न्यूनतम सरसफाइ समेत नभएको, शौचालय र बाथरुमहरू अत्यधिक फोहोर तथा चिप्लो रहेको र भवनभित्रै पानी जमेको फेला परेको थियो । फरक-फरक उमेर समूहका बालबालिकालाई एउटै ठाउँमा कोचाकोच गरेर राखिएकाले उनीहरूको स्वास्थ्य र सुरक्षामा गम्भीर असर पर्ने मन्त्रालयको ठहर छ । यसअघि पनि मन्त्रालयले भौतिक अवस्था सुधार्न र बसोबास व्यवस्थित बनाउन पटक-पटक निर्देशन दिएको थियो । सरोकारवाला पक्षलाई मन्त्रालयमै बोलाएर छलफल गर्दा समेत अवस्थामा सुधार नआएपछि यो कदम चालिएको हो ।

केही समययता स्थानीय बासिन्दा, नागरिक समाज र बालगृहकै कर्मचारीहरूले त्यहाँको भिडियो खिचेर मन्त्रालयमा पठाएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका ती भिडियोहरूमा फोहोर र पानी जमेका कारण महामारी फैलिन सक्ने स्पष्ट खतरा देखिएको थियो । सोही आधारमा पहिलो चरण अन्तर्गत २ वर्षभन्दा कम उमेरका १२ जना बालक र ८ जना बालिका गरी कुल २० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

हाल उनीहरूको स्वास्थ्य परीक्षण र आवश्यक हेरचाह भइरहेको छ भने बालगृहमा रहेका अन्य बालबालिकाको हितका लागि पनि निरन्तर अनुगमन र कानुनी प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।