काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक भोलि (बिहीबार) बिहानसम्मका लागि सारिएको छ ।
बुधबार १५ मिनेटका लागि भन्दै रोकिएको बैठक विशेष कारणवश सूचना टाँसेर भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
संसद्का महासचिव पदम प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले एउटा प्रतिवेदन पेस गर्ने तथा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो । तर, मन्त्री गौतम राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको छलफलमा व्यस्त हुनुपरेपछि प्रतिनिधि सभाको बैठक अगाडि बढ्न नसकेको हो ।

