Khaptad Organic Nepal

काठमाडौँ । मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएपछि सरकार र पीडित पक्षबीच आन्दोलन टुङ्ग्याउन ९ बुँदे सहमति भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत र मृतककी पत्नीबीच गृह मन्त्रालयमा भएको वार्तामा उक्त सम्झौता भएको हो ।

वार्तामा सहमति भएका ९ बुँदाहरू यस प्रकार छन्:

१. घटनाको निष्पक्ष छानविनका लागि सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा तत्कालै स्वतन्त्र समिति बनाउने र सो समितिले सात दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने ।

२. कानुनी प्रावधान, पुराना नजिर र छानविन समितिको सिफारिसका आधारमा मृतक नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने ।

३. घटनाको समयमा अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरूलाई छानविनको अन्तिम प्रतिवेदन नआउनेसम्मका लागि तत्काल निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई पत्राचार गर्ने ।

४. महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराएर मृतककी श्रीमतीलाई योग्यता अनुसारको जागिर दिने तथा छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण पढाइ खर्च महानगरले ब्यहोर्ने ।

५. महानगरकै आगामी बैठकबाट निर्णय गरी आश्रित परिवारलाई राहत स्वरूप उचित रकम उपलब्ध गराउने ।

६. मृतकको अन्तिम संस्कार र काठमाडौँमा गरिने काजक्रियाको सबै बन्दोबस्त काठमाडौँ महानगरपालिकाले मिलाउने ।

७. पीडित परिवारले शव बुझेर पोष्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा गर्न सहयोग गर्ने र सद्गतको जिम्मा लिने ।

८. परिवारका सदस्यहरूको आउने-जाने गाडी भाडा र काठमाडौँमा बस्दा-खाँदा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्ने ।

९. पीडित परिवारका सदस्यहरूको स्वास्थ्य बीमाको काम स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले व्यवस्थापन गर्ने ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।