Khaptad Organic Nepal

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री एवं निर्देशिका दीपाश्री निरौलाको मस्तिष्कको ट्युमर (ब्रेन ट्युमर) को सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि केही दिनअघि काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएकी उनको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो ।

अहिले उनी सोही अस्पतालमा उपचाररत छिन् । सुटिङका क्रममा रहेका बेला दीपाश्रीको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । चिकित्सकहरूले तुरुन्तै शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको शल्यक्रिया वरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्तको नेतृत्वमा भएको हो ।

दीपाश्रीको सफल शल्यक्रियापछि उनका सहकार्यकर्ता एवं अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् । गिरीका अनुसार सुरुमा उपचारका लागि भारत लैजाने सल्लाह भए पनि अन्तिममा नेपालकै अनुभवी डाक्टरबाट शल्यक्रिया गराउने निर्णय गरिएको थियो ।

शल्यक्रिया सफल भएपछि दीपाश्रीलाई आइसियूबाट जनरल वार्डमा सारेर आराम गराइँदै छ र उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।