काठमाडौँ । राष्ट्रिय सभाको नयाँ बैठक मंगलबार दिउँसो बस्ने तय भएको छ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेर १५ मिनेट जाँदा बैठक सुरु हुनेछ ।
उक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

