Khaptad Organic Nepal

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा कानुन निर्माणका लागि आफ्नो दलको संख्या कम भए पनि रचनात्मक बहस र संशोधनका माध्यमबाट उत्कृष्ट कानुन कस्तो हुनुपर्छ भन्ने कुरा पुष्टि गर्नुपर्ने धारणा राख्नुभएको छ ।

एमाले संसदीय दलद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले सांसदहरूलाई पार्टीले तय गरेका योजना, नीति र सिद्धान्तका आधारमा संसद्मा प्रस्तुत हुन आग्रह गर्नुभयो । संसद्मा आफ्नो दलको सानो उपस्थिति भए पनि दृढतापूर्वक विचार राख्दा त्यसले ठूलो शक्तिको रूप लिने उहाँको भनाइ थियो । यसका साथै संसद्मा विषयवस्तु प्रस्तुत गर्दा पार्टीका सम्बन्धित विभागहरूसँग आवश्यक समन्वय गरी संगठित रूपमा काम गर्न उहाँले निर्देशन दिनुभयो ।

मुलुकको विद्यमान परिस्थितिको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाली युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम अझै नरोकिएकोमा चिन्ता व्यक्त गर्नुभयो । गत वर्ष मुलुक नै खाली हुन लाग्यो भनेर नकारात्मक प्रचार गरिएको स्मरण गर्दै उहाँले अहिले भने विदेश जानुलाई अधिकारका रूपमा व्याख्या गर्न खोजिएको टिप्पणी गर्नुभयो ।

यस्तै, मिटरब्याज पीडितहरूले सरकारबाट फेरि पनि धोका पाएको दाबी गर्दै उहाँले यो वास्तविकता पीडितहरूले केही समयपछि आफैँ बुझ्ने उल्लेख गर्नुभयो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।