Khaptad Organic Nepal

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा उच्चस्तरीय छलफल भएको छ ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपाल भ्रमणमा रहेका यूएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोउदीबीच शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो । वर्तमान संसद् गठन भएपछि यूएईबाट भएको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो ।

भेटका क्रममा सभामुख अर्यालले सन् १९७७ मा सुरु भएको दुई देशबीचको कूटनीतिक सम्बन्ध मित्रता र आपसी विश्वासमा टिकेको चर्चा गरे । आगामी सन् २०२७ मा कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्ने अवसरमा स्वर्ण जयन्तीलाई उपलब्धिमूलक ढंगले मनाउन नेपाल उत्सुक रहेको उनले बताए । नेपालको प्रतिनिधिसभाले भर्खरै यूएईसँग संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै उनले यूएईको संघीय राष्ट्रिय परिषद्ले पनि यस्तै समूह बनाए दुई देशका संसद्बीच अनुभव र अभ्यास साटासाट गर्न सजिलो हुने धारणा राखे । राष्ट्रसंघ, असंलग्न आन्दोलन र अबुधाबी संवाद जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देशबीचको सहकार्य जारी रहनेमा उनले जोड दिए ।

सभामुख अर्यालले आगामी असोज ७ गतेदेखि फ्लाई दुबईले पोखरा–दुबई सिधा दैनिक उडान सुरु गर्न लागेकोमा खुसी जनाउँदै यूएईका पर्यटकलाई नेपाल पठाउन आग्रह गरे । नेपाल सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईका विमान कम्पनीहरूलाई ‘पाँचौँ स्वतन्त्र उडान अधिकार’ सहितका सहुलियत दिने निर्णय गरेको जानकारी समेत उनले गराए ।

जवाफमा यूएईका विदेश व्यापारमन्त्री अल जेयोउदीले नेपालमा नयाँ सरकार बनेपछिको आफ्नो यो पहिलो भ्रमणले दुई देशको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास दिलाए । यूएई नेपालमा लगानी अनुकूल वातावरण बनाउन सकारात्मक रहेको भन्दै उनले प्रविधि, पूर्वाधार र शिक्षा क्षेत्रमा लगानी बढाउन आफ्नो देश इच्छुक रहेको स्पष्ट पारे । यूएईको विकासमा नेपाली श्रमिकहरूले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनले आगामी दिनमा सहकार्यलाई अझै विस्तार गर्ने प्रतिबद्धता जनाए । मन्त्री अल जेयोउदी १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हुन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।