काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो । यससँगै आज बजारमा सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार २ सय ४० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

