काठमाडौँ । घरेलु बजारमा निरन्तर उतारचढावका बीच बुधबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि दर्ता भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यसअघि अघिल्लो दिन मङ्गलबार सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको कारोबार मूल्यमा पनि वृद्धि आएको छ । महासङ्घको तथ्याङ्कअनुसार चाँदीको मूल्य तोलामा ११० रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

