काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा प्रताप सुवेदी चयन भएका छन् ।
अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले उनलाई नेप्सेको नयाँ नेतृत्व सुम्पिने निर्णय गरेको हो ।
पदबहालीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार आयोजित कार्यक्रममा सुवेदीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै इमानदारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।

