काठमाडौँ । रुकुमपूर्वको कोल आसपासलाई केन्द्रविन्दु बनाएर आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार अपराह्न ४ बजेर ३० मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण हालसम्म कुनै पनि प्रकारको भौतिक वा मानवीय क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

