Khaptad Organic Nepal

काठमाडौँ । उपचार तथा वैदेशिक भ्रमणका क्रममा लामो समय बाहिर रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

स्वास्थ्य उपचारका लागि गत फागुनमा सिंगापुर प्रस्थान गरेका देउवा त्यसपछि हङकङतर्फ लागेका थिए । स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कांग्रेसका संस्थापन इतर समूहका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरे । संस्थापन इतर पक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा पुगेका नेताहरूले देउवालाई विमानस्थलबाट सिधै उनको निवास चुनदेवीसम्म पुर्‍याउने कार्यक्रम रहेको छ ।

उक्त अवसरमा नेताहरू पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद तथा दीपक खड्कालगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै डा. शशांक कोइरालाले आफूहरूका लागि अझै पनि देउवा नै सभापति रहेको प्रतिक्रिया दिए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।