Khaptad Organic Nepal

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाका विभिन्न तीन वटा विषयगत समितिका बैठकहरू आज एकैसाथ बस्दैछन् ।

संसदीय कार्यसूची अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक आज आयोजना गरिएको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बोलाइएको छ । उक्त बैठकमा प्रस्तावित ‘पर्यटन विधेयक, २०८१’ का विविध पक्षमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

त्यसैगरी, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा देशभरका विभिन्न कारागार तथा हिरासतमा रहेका कैदीबन्दीहरूको मानव अधिकारको स्थितिबारे तयार पारिएको अध्ययन उपसमितिको प्रतिवेदन पेस गरिनेछ । सो प्रतिवेदनमाथि छलफल गर्नुका साथै बैठकले नयाँ उपसमिति गठनको विषयमा पनि निर्णय लिने बताइएको छ ।

उता पूर्वाधार विकास समितिको बैठक पनि बिहान १० बजे नै सुरु हुनेछ । विद्युतका पोल र वितरण लाइन समयमै व्यवस्थापन हुन नसक्दा सडक निर्माण कार्यमा ढिलासुस्ती भएको विषयमा समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र मन्त्रालयका सचिवसँग प्रत्यक्ष छलफल गर्ने कार्यसूची रहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।