Khaptad Organic Nepal

सिन्धुली । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसमा आज एक यात्रुवाहक हाइस दुर्घटनामा परेको छ ।

मोरङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ ख ५९८४ नम्बरको हाइसको ब्रेक अचानक फेल भएर अनियन्त्रित भई सडकको नालामा खसेको हो । सवारी साधनमा चालकसहित १४ जना यात्रु सवार रहेकोमा दुर्घटनाबाट चार जना घाइते भएका छन् ।

दुर्घटनामा परेर धनुषाको गणेशमान नगरपालिका–७ की २२ वर्षीया रुवी साह तथा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन् । यसैगरी मोरङकै सुन्दरहरैँचा नगरपालिका–१२ का २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द शर्मालाई सामान्य चोटपटक लागेको छ । घाइते सबैलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको छ ।

घटनापछि मोरङको बेलबारी नगरपालिका–३ निवासी २५ वर्षीय हाइस चालक उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे आवश्यक थप अनुसन्धान अगाडि बढाएको छ । दुर्घटनाग्रस्त हाइस भने अहिले पनि घटनास्थलमै रहेको प्रहरीले जानकारी दिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।