काठमाडौँ । प्राकृतिक विपत्तिका बेला बेपत्ता भएका कर्मचारीको खोजी तथा उद्धार प्रक्रियामा ढिलाइ भएको भन्दै आलोचना भएपछि नेपाल विद्युत् प्राधिकरणले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विपद्को समयमा आफ्ना सहकर्मी हराउँदा परिवार र सहकर्मीमा परेको पीडा तथा आक्रोशलाई उच्च सम्मान गर्दै प्राधिकरणले उद्धारमा कुनै पनि कसर बाँकी नराखिएको स्पष्ट पारेको छ । कठिन भौगोलिक बनावट र प्रतिकूल मौसमका बाबजुद पनि सुरक्षा निकायसँगको समन्वयमा खोजी कार्य निरन्तर जारी राखिएको बताइएको छ ।
विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई परिवारकै सदस्यका रूपमा लिँदै उनीहरूको सुरक्षित उद्धार नभएसम्म टोली पूर्ण निष्ठाका साथ कार्यक्षेत्रमै खटिरहने प्रतिबद्धता व्यक्त गरेको छ । यस घडीमा एक-अर्कामाथि दोषारोपण गर्नुभन्दा पनि धैर्य धारण गरी एकजुट हुन प्राधिकरणले सबैमा अपिल गरेको छ ।

