Khaptad Organic Nepal

काठमाडौँ । भाद्र कृष्ण प्रतिपदाका दिनदेखि सुरु हुने नेवार समुदायको प्रसिद्ध परम्परागत पर्व ‘गाईजात्रा’ आजबाट विभिन्न सांस्कृतिक कार्यक्रमका साथ आठ दिनसम्म मनाइँदै छ ।

विगत एक वर्षभित्र ज्यान गुमाएका आफन्तको स्मृतिमा आजका दिन गाई वा मानिसलाई गाईकै रूपमा सजाएर नगर परिक्रमा गराउने गरिन्छ । यसरी घुमाइएका मानिस तथा गाईलाई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, दही, अन्न र दक्षिणा दान गर्ने गर्छन् । यसरी नगर परिक्रमा गराउँदा दिवङ्गत आत्माले वैतरणी नदी सजिलै पार गर्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

मल्ल राजा प्रताप मल्लले छोराको शोकमा डुबेकी रानीलाई सान्त्वना दिन र दुनियाँमा अरूले पनि यस्तै वियोग सहनुपर्छ भन्ने देखाउन यो पर्वको सुरुआत गराएका थिए । रानीको मन अझै बहलाउन नसकेपछि उनले विभिन्न प्रहसन र व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउन आदेश दिएका थिए, जसले पछि गएर हाँस्यव्यङ्ग्यको परम्परा रूप लियो ।

प्रताप मल्लको समयदेखि सुरु भएको यो जात्रा हनुमानढोका दरबार भएर लैजाने परम्परा आजसम्म कायमै छ । विशेष गरी काठमाडौँ उपत्यकामा यसको बेग्लै रौनक हुने भए पनि देशका विभिन्न नेवार बहुल सहरहरूमा यो पर्व धूमधामका साथ मनाइन्छ । भाद्र कृष्ण अष्टमीसम्म चल्ने यस पर्वका क्रममा सामाजिक विकृतिमाथि प्रहसन, व्यङ्ग्य, नाचगान र मृतका सम्झनामा करुण रसका गीतहरू गाउने गरिन्छ ।

पञ्चायती व्यवस्थाको विरोध भएको भन्दै विसं २०१७ पछि गाईजात्राका कार्यक्रममा प्रतिबन्ध लगाइएको थियो । तर विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले फेरि यसलाई महोत्सवका रूपमा झाँकी र हाँस्यव्यङ्ग्यसहित मनाउन थालेको हो ।

हाल गाईजात्राको अवसर पारेर समाजमा रहेका विकृति र विसङ्गतिमाथि कडा व्यङ्ग्य प्रहार गरिन्छ । काठमाडौँ उपत्यकाका साथै बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, धरान, पोखरालगायतका स्थानहरूमा यो पर्व विशेष उत्साहका साथ मनाइने गरिन्छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।