काठमाडौँ । आज दिउँसो १: १५ बजे राष्ट्रिय सभाको बैठक आव्हान गरिएको छ ।
संघीय संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन सम्बन्धी विभिन्न कार्यसूचीमाथि छलफल गर्न यो बैठक बस्न लागेको हो ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम तय भएको छ ।
हवाई सेवा प्रणालीलाई थप व्यवस्थित र जिम्मेवार बनाउने लक्ष्यका साथ संसद सचिवालयले यो विधेयकलाई आजको मुख्य कार्यसूचीमा समावेश गरेको हो ।

