काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा विशेष अदालतले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ ।
अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले बुधबार उनीहरूको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
यसअघि नै सम्पत्ति शुद्धीकरणको अघिल्लो मुद्दामा थुनामा रहँदै आएका भट्ट र अग्रवाललाई बुधबार दोस्रो मुद्दाको सुनुवाइका लागि अदालतमा पेस गरिएको थियो ।
सोही मुद्दामा प्रतिवादी बनाइएका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भने अदालतले साधारण तारेखमा छाड्ने आदेश जारी गरेको छ ।

