काठमाडौँ । ललितपुरस्थित ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ गुडिरहेको बा.२ ख ३५९० नम्बरको बस ग्वार्को पुलको पर्खालमा जुध्न पुगेको थियो ।
दुर्घटना लगत्तै प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकै रहेको बीएण्डबी अस्पताल पुर्याएका छन् । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।


