काठमाडौँ । लगातार परेको पानीका कारण सप्तकोसी नदीको जलसतह उकालो लागेपछि कोशी ब्यारेज क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
बिहीबार मध्याह्न १२ बजेको मापन अनुसार नदीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ९ हजार ५ सय १० क्युसेक पुगेको छ ।
बहाव निरन्तर बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर ब्यारेजका २८ वटा ढोका खुला गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सामान्यतया प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा बढी पानी पुग्नेबित्तिकै खतराको सूचक मानिने भएकाले ब्यारेजमा रातो बत्ती बालेर तटीय क्षेत्रका बासिन्दालाई सजग गराइएको छ ।

