Khaptad Organic Nepal

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ स्थित शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

सोमबार बिहान महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले बाटोमा हिँडिरहेका अन्दाजी ३५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो । दुर्घटनालगत्तै प्रहरीले गम्भीर घाइते अवस्थामा रहेका ती पुरुषको उद्धार गरी उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल पठाएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले बिहान ३ः१५ बजे उनलाई मृत घोषणा गरेका थिए ।

मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन । प्रहरीले ठक्कर दिने बस र चालक धादिङ नीलकण्ठ नगरपालिका–१४ का ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।