जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको सोमबार बिहान निधन भएको छ । साहको असामयिक अवसानप्रति गहिरो दुःख व्यक्त गर्दै उपमहानगरपालिकाले शोक व्यक्त गरेको छ ।
वडा अध्यक्ष साहको निधनमा शोक व्यक्त गर्दै उपमहानगरले सोमबार आफ्ना मातहतका कार्यालयहरूमा अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा सम्पूर्ण वडा कार्यालयहरूबाट प्रवाह हुने नियमित सेवाहरू बन्द रहने जनाइएको छ । यद्यपि स्वास्थ्य, दमकल र सरसफाइ जस्ता अत्यावश्यक सेवाहरू भने निर्बाध रूपमा सञ्चालन हुनेछन् ।

