Khaptad Organic Nepal

काठमाडौँ । धान रोपाइँ सम्पन्न भएको खुसीयालीमा आज देशका विभिन्न स्थानमा रोपाइँ जात्रा मनाइँदै छ । विशेषगरी नेवार समुदायबाट सुरु भएको यो जात्रा परम्परागत रूपमा गाईजात्राको भोलिपल्ट मनाउने प्रचलन रहँदै आएको छ ।

रोपाइँ सकिएको थकाइ मेट्न र खुसीयाली बाँझ्नका लागि मनाइने यस पर्वमा मानिसहरू खेत (ज्युला) मा भेला भई असारे गीत गाउँदै, नाच्दै र बाजागाजाका साथ रमाउने गर्दछन् । जात्राका क्रममा रोपाइँको मालिकलाई हिलोमा डुबाउने अनौठो र रमाइलो परम्परा धेरैतिर विद्यमान छ ।

सोह्रौँ-सत्रौँ शताब्दीदेखि सुरु भएको मानिने यस पर्वमा प्रत्येक घरका सदस्यहरू हली, बाउसे, र रोपाहारजस्ता विभिन्न भेषभूषामा सजिएर अभिनयात्मक झाँकीसहित सहभागी हुने गर्दछन् । नेपालका पश्चिमी जिल्लाहरूमा पनि फरक-फरक शैलीमा यो जात्रा मनाइन्छ, जहाँ कर्णाली क्षेत्र (विशेष गरी जुम्ला) मा यसलाई ‘चोपाइ’ प्रथाका रूपमा लिइन्छ ।

विवाह भएका वा छोरा जन्मिएका परिवारको घरमा विशेष रूपमा मानिसलाई हिलो वा पानीमा चोप्ने (डुबाउने) गरी चोपाइ मनाउने परम्परा रहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।