Khaptad Organic Nepal

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट पुगेको ठूलो क्षति व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक तथा भौतिक सहयोग गर्ने घोषणा गरेको छ ।

महानगरको ५७औँ कार्यपालिका बैठकले विपद् प्रभावित क्षेत्रको राहत र पुनःस्थापनाका लागि कुल ४ करोड ५४ लाख १४ हजार ७८७ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

सहयोग रकममध्ये ३ करोड रुपैयाँ महानगरको विपद् व्यवस्थापन कोषबाट व्यहोरिनेछ । बाँकी रकम जुटाउन कार्यपालिका सदस्यहरूले १ महिनाको तथा वडा सदस्यहरूले ५ दिनको सुविधा बराबरको रकम योगदान गर्नेछन् । यस्तै, शहरी योजना आयोगका पदाधिकारी र विशेषज्ञहरूबाट ७ दिनको पारिश्रमिक लिइनेछ । कर्मचारीहरूतर्फ अधिकृत स्तरका कर्मचारीबाट ७ दिन, सहायक स्तरबाट ५ दिन र श्रेणीविहीन कर्मचारीबाट २ दिनको पारिश्रमिक कटौती गरी कोषमा जम्मा गरिने निर्णय भएको छ ।

बाढीपीडितका लागि खाद्यान्न, कपडा, पकाउने इन्डक्सन चुलो, भाँडाकुँडा, खानेपानी, त्रिपाल, कम्बल र ग्यास सिलिन्डर जस्ता अत्यावश्यक सामग्री पठाउने तयारी गरिएको छ । राहत सामग्रीसँगै एम्बुलेन्स, शववाहन, एक्साभेटर र जेट मेसिन जस्ता सवारी तथा प्राविधिक उपकरण र आवश्यक जनशक्ति खटाउने जिम्मेवारी विपद् व्यवस्थापन समितिलाई दिइएको छ ।

विपद्को यस घडीमा सहयोग गर्न महानगरवासी र निजी क्षेत्रलाई समेत आग्रह गर्दै राष्ट्रिय सभागृहमा सूचना केन्द्र र सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।