Khaptad Organic Nepal

पोखरा । पर्यटकीय नगरी पोखराको वडा नम्बर २२ स्थित कोदीमा दोस्रो कोदो महोत्सव भव्य रूपमा आयोजना गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा मौलिक एवम् रैथाने बालीका रूपमा रहेको कोदोको संरक्षण र विस्तारमा जोड दिइएको थियो ।

समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख आचार्यले रैथाने बालीको प्रवर्द्धन र कृषकहरूलाई प्रोत्साहन गर्न महानगरपालिका निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । कोदोको उत्पादन वृद्धि, उचित बजारीकरण र मूल्य अभिवृद्धिमार्फत किसानको जीवनस्तर सुधार्न विभिन्न नीति तथा कार्यक्रम ल्याइएको उहाँको भनाइ थियो । खाद्य सुरक्षा र आत्मनिर्भर कृषिमा ध्यान दिनुपर्ने औंल्याउँदै उहाँले कार्यक्रमका बीच किसानहरूलाई कोदोको न्यूनतम समर्थन मूल्यसमेत हस्तान्तरण गर्नुभयो ।

उत्पादनका आधारमा उत्कृष्ट ठहरिएका चार जना कृषकलाई सो अवसरमा नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरियो । सम्मानित हुनेहरूमा १७ रोपनीमा कोदो खेती गर्ने पोखरा–२२ का खगी घर्ती, ११ रोपनीमा खेती गर्ने पोखरा–२० का दुर्गा बहादुर सुनार, १० रोपनीमा खेती गर्ने पोखरा–२८ का शोभा भण्डारी र ९ रोपनीमा खेती गर्ने पोखरा–२३ का होम बहादुर गुरुङ रहनुभएको छ ।

महोत्सवका क्रममा कोदो रोप्ने रोचक प्रतियोगितासमेत गराइएको थियो । महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा नगर क्षेत्रको करिब ३ हजार ८ सय हेक्टरमा कोदो खेती गरिँदै आएको छ र यस वर्ष करिब ४८ सय मेट्रिक टन उत्पादन हुने अनुमान छ । बजारमा माग बढे पनि उत्पादन घट्दो क्रममा रहेकाले किसानलाई आकर्षित गर्न न्यूनतम समर्थन मूल्य दिने नीति लिइएको कडरियाले जानकारी दिनुभयो ।

महोत्सवस्थलमा कोदोबाट निर्मित विविध स्थानीय परिकारका साथै कृषि उद्यमसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनी राखिएको थियो । उक्त कार्यक्रममा स्थानीय कृषक, कृषि उद्यमी, सहकारी प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।