Khaptad Organic Nepal

काठमाडौँ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ ।

संसद सचिवालयले तय गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विशेषगरी संवैधानिक आयोगको प्रतिवेदन र भूमिहीन सुकुम्बासीको समस्या समाधानसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०८१/०८२)’ पेस गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, सांसद भिष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको सुरक्षित आवास, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराउँदै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उक्त प्रस्तावमा नागरिकको स्थायी पुनःस्थापना र यथाशीघ्र लालपुर्जा वितरणको माग गरिएको छ । यो प्रस्तावलाई सांसदहरू ऐन बहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गर्ने कार्यसूची रहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।