Khaptad Organic Nepal

काठमाडौँ । लगातारको झरीपछि आएको बाढी, पहिरो तथा खोलाले सडक कटान गर्दा देशका धेरैजसो मुख्य राजमार्गहरूमा यातायात सेवा ठप्प भएको छ ।

प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बुधबार बिहानसम्म विभिन्न जिल्लाका प्रमुख सडक खण्डहरूमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहेको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन आवागमनमा रोक लगाइएको छ । अर्को सूचना जारी नभएसम्मका लागि बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन गर्न पाइने छैन । यद्यपि बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सडक खुला रहनेछ ।

यसैगरी मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

पूर्वी नेपालको इलाम स्थित मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली खण्ड अत्यधिक हिलो भएका कारण यातायात सञ्चालन हुन सकेको छैन । प्रहरीका अनुसार सो स्थानमा यात्राका लागि वैकल्पिक मार्ग उपलब्ध छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गमा पहिरो र सडक भासिएका कारण समस्या थप जटिल बनेको छ । भोटेकोशी गाउँपालिका–४ चारकिलो, भोटेकोशी–२ कोदारीस्थित इँकु क्षेत्र र लिपिङमा सडक भासिएपछि उक्त राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा बन्द छन् ।

यता रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गर्दा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक साउन ८ गतेदेखि नै ठप्प छ । साथै रुकुम पश्चिमको भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डको रिजेगार्ड खोला क्षेत्रमा लेदोसहितको पहिरो खसेपछि सवारी साधन चल्न सकेका छैनन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।